काठमाडौँ । आज (बुधबार) सेयर कारोबार रकममा भारी कमी आएको छ ।
हिजो (मंगलबार) ६ अर्ब २८ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब ४७ करोडमा सीमित भयो । कारोबार रकम मात्रै नभई परिसूचक पनि घटेको छ ।
परिसूचक नेप्से २२.११ अङ्कले घटेर २८१३ अङ्कमा कायम भएको छ । साढे २ बजे परिसूचक २८ सय अङ्कसम्म झरे पनि त्यसपछि केही सम्हालिएको हो ।
बुधबार सबै उपसमूह घटेका छन् । बैङ्किङ १२, व्यापार ३६, होटल तथा पर्यटन २, विकास बैङ्क ४६, जलविद्युत ३२, फाइनान्स २४, निर्जीवन बीमा १९८, उत्पादन १५, अन्य ३, जीवन बीमा १५४, लगानी १ र माइक्रोफाइनान्स ५० उपसमूह अङ्कले घटे ।
कुल १६५ कम्पनीको मूल्य घट्यो भने २० को मात्रै बढ्यो । ६ कम्पनीको भने हिजोकै मूल्य कायम भयो । लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले बढ्यो ।
बुद्धभूमि हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशतले घट्यो । अरुणभ्याली हाइड्रोपावर, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर, निफ्रा र जलविद्युत लगानी तथा विकास कम्पनी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे ।