काठमाडौँ । कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका भोलि (सोमबार)देखि हुने परीक्षालाई स्थगित गरिएको छ ।
आएओएमकी डिन डा.दिब्या सिंहले कोरोनाको जोखिम बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै परीक्षा रोकिएको जानकारी दिइन् ।
‘कोरोनाको सङ्क्रमण बढ्दो छ । कतिपय विद्यार्थी सङ्क्रमित हुँदै गएका छन्,’ डा. सिंहले भनिन्, ’ भोलि देखि हुने भनिएको परीक्षा अहिलेको लागि स्थगित गरेका हौँ ।’
माघ १० गतेदेखि सुरु हुने डेन्टल अन्तिम वर्षको परीक्षालगायत स्वास्थ्य तर्फका सबै कार्यक्रमका परीक्षाहरु स्थगित भएको उनले जानकारी दिइन् ।
‘कोरोनाको जोखिम घट्दै गएपछि परीक्षा सञ्चालन गरिने छ । स्थगित परीक्षाको तालिका चाँडै प्रकाशित हुन्छ,’ डा. सिंहले भनिन् ।