२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ फिट अग्लो गणेश मूर्ति अनावरण

अ+ अ-

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा पञ्चधातुबाट निर्माण गरिएको गणेश मूर्तिको अनावरण गरिएको छ ।

स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण गरिएको सो नौ फिट अग्लो मूर्तिको १००८ स्वामी रमणानन्द गिरी, पनौती नगरप्रमुख भीम न्यौपानेले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार बस्नेतले गोरखनाथ मन्दिर डाँडामा रहेको खाली भिरालो जग्गामा करिब रु ७१ लाख रकम सङ्कलन भएकामा करिब रु ६२ लाख बराबरको लागतमा गणेश मूर्तिलगायत वरिपरि बाटिकासमेत निर्माण गरेको बताए।

बाँकी रहेको रकम संरक्षण कोषमा राखिएको समितिले जनाएको छ ।

वरिपरि वन जङ्गलले घेरेको बीचको अग्लो ठाउँमा रहेको डाँडामा रहेको मन्दिर नजिकै गणेशको मूर्ति स्थापना गरिएको छ ।

गोरखनाथ डाँडामा रहेको सो मन्दिरसँगै मन्दिरको ठिक अगाडि निर्माण गरिएको गणेशको मूर्ति र बाटिकाले त्यहाँको धार्मिक पर्यटनका लागि अर्को आकर्षण केन्द्र बनेको छ ।

गणेशको मूर्ति स्थापनासँगै निर्माण गरिएको बाटिकाले त्यहाँ पुग्ने धार्मिक पर्यटन एवं भक्तजनलाई थप आकर्षक तुल्याएको स्थानीय बासिन्दा बताउँछन् ।

बाटिकामा यसअघि वृक्षारोपण गरिएको छ ।

माघ महिनाभर लाग्ने बाह्र वर्षे मकर मेलाको अवसर पारेर सो क्षेत्रमा थप अर्को धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यले निर्माण गरेको गणेश मन्दिर र बाटिकाले दर्शनार्थीलाई थप आनन्द प्रदान गर्नेमा गणेश मन्दिर निर्माण उपभोक्ता समिति आशावादी रहेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए ।

मन्दिर परिसरमा निर्माण गरेको बाटिकाका कारण धार्मिक आकर्षणको नयाँ केन्द्र बनाउन मद्दत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस