२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा सरकारी सेवा लिन खोप कार्ड अनिवार्य

अ+ अ-

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा राख्नुपर्ने व्यवस्था गरिएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, ‘कोरोना सङ्क्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पुर्‍याउन खोप कार्ड अनिवार्य गरिएको हो ।’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ ।

सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई आग्रह गरिएको छ । घर बाहिर वा सार्वजनिक स्थलमा जाँदा, सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायमलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ ।

यस्तै कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने जिल्ला अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले बताए ।

यसैबीच नयाँ भेरियन्ट फैलन सक्ने भन्दै भारतसितको सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्यरुपमा कोरोना परीक्षण गरिँदै छ ।

झुलाघाट नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस