२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमणका बेला प्राधिकरणको कमाइ कति ?

अ+ अ-

काठमाडौँ । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर पर्‍यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्‍यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ । प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब २०७७/७८ मा प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक रु दुई अर्ब सात करोड ३२ लाख प्रक्षेपण गरिएकामा रु ५७ करोड ४५ लाख अर्थात् २७दशमलव७१ प्रतिशतले बढ्न गई रु दुई अर्ब ६४ करोड ७७ लाख आम्दानी भएको छ ।

त्यसैगरी विमानस्थल विकास शुल्कतर्फ रु ६० करोड २८ लाख प्रक्षेपण गरिएकामा यथार्थमा रु २९ करोड ३२ लाख अर्थात् ४८दशमलव६४ प्रतिशतले घट्न गई रु ३० करोड ९६ लाख आम्दानी भएको छ । आव २०७५/७६ मा रु नौ अर्ब एक करोड १८ लाख रहेको प्राधिकरणको कूल आम्दानी कोरोनाको असरले गर्दा आव २०७६/७७ मा करिब २९ प्रतिशतले घट्न गई रु छ अर्ब ३७ करोड ४९ लाख पुगेको छ । आव २०७७/७८ को कूल आम्दानी आव २०७५/७६ को तुलनामा करिब ६७ प्रतिशतले न्यून अर्थात् रु दुई अर्ब ९५ करोड ७३ लाख पुगेको छ ।

आव २०७७/७८ मा प्राधिकरणको पुँजीगत खर्चतर्फ रु ३० हजार ६४ करोड ४८ लाख, कार्य सञ्चालनमा रु तीन अर्ब ५६ करोड ६० लाख, आयकर तथा अन्य खर्च रु छ अर्ब ८९ करोड ९५ लाख गरी जम्मा रु ४१ अर्ब ११ करोड तीन लाख व्यय अनुमान गरिएकामा पुँजीगत खर्च रु ११ अर्ब ३६ करोड २८ लाख, कार्यालय सञ्चालन खर्च रु दुई अर्ब ७५ करोड ९२ लाख र आयकर तथा अन्य खर्च रु दुई अर्ब ७० करोड १८ लाख गरी जम्मा रु १६ अर्ब ८२ करोड ४८ लाख खर्च भएको छ ।

चालू आव का लागि पुँजीगत खर्चतर्फ रु ३२ अर्ब तीन करोड ५५ लाख र कार्य सञ्चालनतर्फ रु चार अर्ब १० करोड ८४ लाख गरी जम्मा रु ३६ अर्ब १४ करोड ३९ लाख विनियोजन गरिएको छ । यस अतिरिक्त नेपाल सरकारलाई मू।अ।कर भुक्तानी रु दुई अर्ब ९२ करोड २३ लाख, लाभांश भुक्तानी रु ५२ करोड ३५ लाख, साँवा व्याज भुक्तानी रु ६६ करोड ४६ लाख, प्रशासकीय पुनरावलोकन तथा पुनरावेदनको लागि रु ४० करोड, कर्मचारी अवकास कोष तथा अन्य भुक्तानीको लागि रु ११ करोड ५६ लाख, कर्मचारी लाभान्स र स्थीर सम्पत्ति प्रतिस्थापनका लागि रु दुई अर्ब २२ करोड विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को स्रोततर्फ नियमित आम्दानी रु पाँच अर्ब ५९ करोड २९ लाख, विमानस्थल विकास शुल्क रु ७९ करोड एवं ऋण, शेयर तथा अनुदानबाट रु २१ अर्ब ३४ करोड ३५ लाख गरी जम्मा रु २७ अर्ब ७२ करोड ६४ लाख हुने अनुमान गरिएको छ । विसं २०७८/७९ मा प्राधिकरणको कूल बजेट रु ४३ ४३ अर्ब ६७ करोड ७७ लाख रहेको छ । प्राधिकरणको आव २०७६/७७ सम्मको कूल सञ्चित नाफा रु १६ अर्ब एक करोड २० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस