३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालविवाहका कारण शिक्षाको अवसरबाट वञ्चित

अ+ अ-

म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुनाकी २० वर्षीया सरु रसाइली आमा बनेको तीन वर्ष भयो । सोह्र वर्षको उमेरमा भागी विवाह गरेकी मालिका–१ निस्कोट माइती भएकी सरु १७ वर्षमै आमा बनेकी हुन् ।

पन्ध्र वर्षकै उमेरमा विवाह गरेकी मुनाकै २५ वर्षीया यामकुमारी पुन दुई सन्तानकी आमा बनिसकेकी छन् । ‘नौ कक्षा पढ्दापढ्दै विवाह भयो’, पुनले भनिन्, ‘बिहेपछि पढाइलाई निरन्तरता दिन सकिन ।’ उन्नाइस वर्षको हुँदा विवाह गरेकी पूर्णकला पुनले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरे पनि त्यसभन्दा माथिल्लो तहको शिक्षा हासिल गर्न विवाह गरेकै कारण वञ्चित हुनुपरेको बताइन् । दुई सन्तानकी आमा बनिसक्नुभएकी पूर्णकलाले उमेर नपुग्दै गर्भवती र सुत्केरी हुँदा समस्या भोग्नुपरेको बताइन् ।

सरु, यामकुमारी र पूर्णकलालाई बालविवाह गरेकामा पछुतो लागेको छ । शारीरिक र मानसिकरुपमा परिपक्व नहुँदै विवाह गरेका कारण श्रीमानश्रीमतीले एक–अर्कालाई बुझ्ने विषयमा एकरुपता नहुँदा झगडा हुने गरेको उनीहरुको अनुभव छ । आफूहरुले भोगेको पीडा अरुलाई नपरोस् भनेर दश वर्षअघि बालविवाह गरेका अहिले सङ्गठित भएर बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । ‘कानुनी हिसाबले अपराध मानिने बालविवाह गर्दा आर्थिक, शैक्षिक, शारीरिक र सामाजिकरुपमा धेरै क्षति ब्यहोर्नुपरेको छ’, सरुले भनिन्, ‘हामीलाई जस्तो समस्या नपरोस् भनेर बेलैमा सचेत बनाउन लागिएको हो ।’

आयआर्जन समूहमा आबद्ध भएर मासिकरुपमा बचत गर्ने, सहुलियत ब्याजदरमा ऋण लिएर व्यवसाय गरी आत्मनिर्भर बन्ने प्रयासका साथै बालविवाहको जोखिममा रहेका किशोरकिशोरीलाई परामर्श दिने र बालविवाह हुन नदिने वातावरण बनाउन पहल गरेको उनी बताउँछिन् ।

बालविवाह हुन लागेको सूचना पाएमा सम्झाई बुझाइ गर्ने उनीहरुले नमान्नेलाई कानुनी कारबाहीका लागि वडा, पालिकाका जनप्रतिनिधि र पालिकामा खबर गर्छन् । धौलागिरि गाउँपालिकाका २, ३, ४ र ७ नम्बर वडामा गल्र्स फस्ट फन्ड परियोजनाअन्तर्गत सङ्गम म्याग्दीमार्फत सन् २०१९ देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

चौध आयआर्जन समूह, आठ बालविवाह प्रतिकार समूह र १० विद्यालयमा किशोरी समूह बनाइएको सङ्गम म्याग्दीका कार्यक्रम संयोजक खिमा पुर्जाले बताइन् । कार्यक्रम लागू भएका वडामा १० वर्षअघि २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने किशोरीको सङ्ख्या ४६३ थियो ।

आयआर्जन समूहलाई घुम्ती कोष परिचालनका लागि रु ४८ देखि रु ५० हजार अनुदान उपलब्ध गराइएको सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताए । सामूहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा बिना धितो घुम्ती कोषबाट ऋण लिएर उनीहरुले बाख्रा, कुखुरापालन, सिलाइ व्यवसाय गरेका छन् ।

बालविवाह न्यूनीकरणका लागि धौलागिरि गाउँपालिकाले उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत विद्यालय र समुदायस्तरमा बालविवाहविरुद्ध सन्देशमूलक कार्यक्रम गरिएको छ । बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत सन्देशमूलक नाटक ‘काइली आमा’को प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस