२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसलमान महिला ‘लीलाम’ एप सञ्चालन गर्ने तीन पक्राउ

अ+ अ-

मुम्बई । प्रभावशाली मुसलमान महिलाहरूको बेचबिखनको विज्ञापन गर्दै ‘लीलामी’ को नक्कली एप खडा गरेको आरोपमा तीन भारतीय युवा पक्राउ परेका प्रहरीले बुधबार जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुस्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकारकर्मीहरूविरूद्ध अपमानजनक सन्देशहरूलाई ‘बुली बाई’ नाम दिइएको एपमा देखाइएको थियो ।

प्रहरीका अनुसार यस आरोपमा बीस वर्षका एक १८ वर्षीया महिला र दुई जना पुरुषलाई सुरक्षा नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ ।

“एपमा कुनै विशेष समुदायका केही महिलाहरूको तस्वीरहरू अपलोड गरिएको र आपत्तिजनक सन्देशहरू पनि राखिएको पाइएको छ,” मुम्बईका प्रहरी आयुक्त हेमन्त नाग्राले सञ्चारकर्मीलाई बताए।

यस विषयमा अनुसन्धान भइरहेकोले प्रहरीले थप विवरण दिन नमिल्ने नाग्राले बताए ।

भारतका मुस्लिम अल्पसंख्यक सदस्यहरूले हालैका वर्षहरूमा आफ्ना समुदायलाई लक्षित गर्ने वा एक्लाउने प्रयासहरू भइरहेको आरोप लगाएका छन् ।

मुस्लिम महिलाहरूलाई लक्षित गर्ने अर्को नक्कली ‘लीलामी मञ्च’ छ महिनाअघि छोटो समय देखा परेको थियो । उक्त घटनाबारे प्रहरीले छानबिन गरेको तर दोषीलाई कानुनी कारबाही गर्न असफल भएको मुस्लिम अधिकारीले बताएका छन् ।

हालैको एपमा प्रस्तुत गरिएका तस्बिरहरूबारे भारतीय नागरिक समाज तथा सर्वसाधारणबाट पनि सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ ।

कवि नबिया खानले अघिल्लो सप्ताहान्तमा ट्विट गर्दै भने, ‘नयाँ वर्षको पहिलो दिन भारतमा हामीलाई यसरी स्वागत र व्यवहार गरिन्छ, जबकि मेरो देशका अन्य मानिसहरू रमाइलो, ठट्टा र पार्टी गर्छन् ।’

उनले भने, ‘कोहीविरूद्ध पनि आक्रमण गर्न, अपमानित गर्न, किन्न र बेच्न भारतीय कानुनले छुट दिएको छैन ।’

यसैबीच, यो एप ‘होस्ट’ गरेको ‘ओपन सफ्टवेयर डेभलपमेन्ट प्लेटफर्म गिथहब’ले स्थानीय सञ्चारमाध्यमलाई प्रहरी जाँचमा सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस