२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो सभ्यता र इतिहास जोगाउन जरुरी : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् ।

ओलीले सभ्यताको सृष्टि नै आफ्नै भूमिबाट भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने बताए ।

संस्कृति बचाउ अभियन्ताहरूसँग आज (बुधबार) आफ्नै निवास बालकोटमा भएको भेटमा उनले आफूहरूका पूर्वजहरूसँग अरु कसैको तुलना हुन नसक्ने भन्दै सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको दाबी गरे ।

अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न सबैलाई आह्वान गरेका छन् ।

उनले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई सधैँ आफ्नो साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनभन्दा हजारौँ वर्षअघि महान् खगोलविद् भास्कराचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको बताए ।

उनले अष्टवक्रजस्ता दार्शनिकहरूको चर्चा हुन नसकेको उल्लेख गर्दै भने, ‘हाम्रा पूर्वजहरूसँग कसैको तुलना हुँदैन । सभ्यताको सृष्टि यहाँ भएको थियो । यो सभ्यताको सृष्टि र विकास भएको ठाउँ हो । पछि अन्त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति परपर जानु स्वाभाविक पनि हो ।’

‘यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरू प्रमिथस भएर निस्किए‚’ उनले भने ।

विस्तार हुन नसक्दा आफ्ना पूर्वजले आर्जन गरेको ज्ञान सीमित क्षेत्रमा खुम्चिन पुगेको बताउँदै अध्यक्ष ओलीले यो ज्ञानभूमि भएको समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस