२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी बोर्डमा लगानीकर्ता कक्ष स्थापना

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले लगानीकर्ता कक्ष को आज उद्घाटन गरे । लगानी बोर्डको कार्यालयमा स्थापना भएको उक्त कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्र, परियोजना बैंकमा समावेश भएका परियोजनाका विवरणका साथै लगानीकर्ताका लागि आवश्कयक अनलाइन सेवाहरु उपलब्ध छन् ।

सो अवसरमा मन्त्री शर्माले नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै कानूनले भ्याएसम्मका सुविधा दिन सरकार तयार रहेकाले निर्धक्क भएर नेपालमा लगानीका लागि आह्वान गरे । उनले नेपालमा लगानीका प्रचुर सम्भावना रहेको उल्लेख गर्दै विकासकर्ताले जति सक्दो चाँडो परियोजना सम्पन्न गर्नसमेत आग्रह गरेको बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे सरकारलाई लगानीकर्ताहरुले समयमै जानकारी गराउन आग्रह गर्दै मन्त्री शर्माले लगानीकर्ता कक्षले लगानीकर्ताहरुका लागि आवश्यक सबै सूचनाहरु उपलब्ध गराएर नेपालमा लगानीका हरेक पक्षबारे अद्यावधिक जानकारी गराउने र कक्षको सुविधा तथा क्षमता विस्तार गर्दै लगिने उल्लेख गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीकर्तालाई नेपालमा लगानीका अवसरहरूबारे जानकारी दिने तथा सहजीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले लगानीकर्ता कक्ष स्थापना भएको बताउँदै यसलाई चाँडै नै एकल विन्दु सेवासँग आबद्ध गरिने जानकारी दिए ।

उनले लगानीकर्ताको सेवालाई केन्द्रित गरी लगानी बोर्डले अगाडि बढाएका गतिविधिहरूमध्ये लगानीकर्ता कक्षको स्थापना पनि रहेको उल्लेख गर्दै यसको शुभारम्भ लगानी बोर्डको १०औँ वार्षिकोत्सव कार्यक्रमको एक हिस्साका रूपमा समेत रहेको बताए । उनले लगानी बोर्ड र विकासकर्ताहरुबीच अन्तरक्रियालाई निरन्तरता दिइने जानकारी दिए । कार्यक्रममा लगानी बोर्डले सहजीकरण गरिरहेका परियोजना विकासकर्ताका प्रतिनिधिले परियोजना कार्यान्वयनको अवस्था र लगानी बोर्डले गरिदिनुपर्ने सहजीकरणका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस