२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट नआउँदा टीकापुर विमानस्थल सञ्चालन अन्योलमा

अ+ अ-

भजनी । कैलाली टीकापुर विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्थापन हुन नसक्दा यसको सञ्चालनको टुङ्गो लाग्न सकेको छैन ।

केही प्राविधिक कामसहित स्तरोन्नतिका लागि चाहिने बजेटको व्यवस्थापन हुन नसक्दा यो विमानस्थल सञ्चालनको टुङ्गो लाग्न नसकेको हो । चालु आर्थिक वर्षमा यो विमानस्थल सञ्चालनका लागि आवश्यक बजेट उपलब्ध गराइदिन यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य, टीकापुर नगरपालिकाका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताले सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समन्वय गर्दै आएको छ ।

नागरिक उड्डयन प्राधिकरण क्यानको गत आइतबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशका १० वटा विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्ने गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

ती दशमा टीकापुर विमानस्थल नपरेको भन्दै टीकापुरबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतामाथि सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि उनीहरुले बजेटको माग गर्दै मन्त्रालयसम्म पुगेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावल नेतृत्वको एक प्रतिनिधिमण्डलले गत सोमबार सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिदिन आग्रह गरेको बताइएको छ । त्यसपछि टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल पनि टीकापुर विमानस्थलका विषयमा बुझ्न बिहीबार मन्त्री आलेलाई भेट्न गर्न पुगे ।

नेता डा रावलले टीकापुर विमानस्थल सञ्चालनका लागि सम्बन्धित सबै पक्षसँग सहयोग, समन्वय र सहकार्य गरिने बताए। उनले मन्त्रीसँगको भेटमा स्थानीय सरकारले समन्वय नगरेकै कारण विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन हुन नसकेको बताउँदै यो विमानस्थल सञ्चालन गर्न तत्कालका लागि रु दुई करोड बजेट विनियोजन गर्ने निर्णय भएको आफूले जानकारी पाइएको जानकारी दिए । विमानस्थल निर्माणको कामलाई क्रमागतरुपमा लैजाने सहमति भएको पनि उनले बताए ।

‘विकासका लागि पैसाको अभाव होइन, समन्वयको अभाव रहेछ । स्थानीय सरकारले प्रदेश र सङ्घसँग समन्वय गर्न सकेको अवस्थामा बजेटको अभाव नहुने रहेछ’, उनले भने, ‘विमानस्थलमा पनि त्यही भयो । हामीले समन्वय गर्‍यौँ, योजना बन्यो तर स्थानीय तहको चासो नभएका कारण बजेट परेन ।’ नेता डा. रावलले पुरानै विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्ने सहमति भएको बताउँदै टीकापुरको विकासका लागि राजनीतिक दल तथा अन्य सरोकारवालासँग स्थानीय सरकारको समन्वय आवश्यक रहेको उल्लेख गरे ।

नगरप्रमुख रावलले विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्ने मन्त्रीसँग मौखिक सहमति मात्रै भएको बताए । उनले विमानस्थलका विषयमा विभिन्न खालका टीकाटिप्पणी हुन थालेपछि मन्त्रालयसम्म पुगेको बताउँदै अहिलेको विमानस्थल प्राविधिकरुपमा सञ्चालन गर्न नसकिने प्रारम्भिक प्रतिवेदन आएकाले विमानस्थल सार्ने कुरामा छलफल भएको जानकारी दिए ।

‘विगतमा नै अहिलेको विमानस्थल प्राविधिकरुपमा असफल भएको भन्दै निर्णय गर्ने र त्यही विमानस्थल सञ्चालनको माग राख्नु राजनीतिक प्रतिशोध बाहेक अरु केही होइन ‘, उनले भने, ‘आफू अनुकूलको काम गर्ने परिपाटीका कारण समन्वय अभाव भएको मात्रै हो । हामी टीकापुरको विकासका लागि जोसँग पनि समन्वय गर्न तयार छौँ । रु दुई करोड बजेट आएकै अवस्थामा पनि विमानस्थलको के स्तरोन्नति गर्न सकिन्छ त ?’

मन्त्री आलेसँग विमानस्थल सार्ने कुरामा छलफल भएको र केही दिनमा आफैँ स्थलगत अनुगमनमा आउने वा त्यसका लागि सर्वे टोली पठाउने आश्वासन आफूले पाएको उनको भनाइ छ । ‘अब पहाडी जिल्ला र नेपालगन्जसम्म हवाई उडानका लागि सानो १६ सिटे जहाज सञ्चालनमा ल्याउने गरी विमानस्थल सञ्चालन गर्ने हो भने मात्रै हो’, नगरप्रमुख रावलले भने, ‘भविष्यलाई हेरेर विमानस्थलको स्तरोन्नति गर्ने हो भने सार्नुपर्ने कुरा यसभन्दा पहिलेको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।’ उनले यसमा सबैको सहमति हुन पनि जरुरी छ । सस्तो लोकप्रियता कमाउने उद्देश्यले स्थानीय सरकारलाई दोष दिएर भविष्यलाई नहेर्ने हो भने त्यसको असर लामो समयसम्म पर्न सक्छ भने ।

उनले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अनुसार जग्गा अधिग्रहण गरेर विमानस्थलको दूरी बढाउनुभन्दा कम लगानीमा विमानस्थल सार्न सकिने र त्यसका लागि सर्वे टोलीले सर्वे गरेपछि विमानस्थलको काम अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस