सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।
ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् । जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताए । कार्की गाडीधनी हुन् । अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।