२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललिता निवास प्रकरणका आरोपी सुवेदी दम्पतीलाई पाँच दिन थुनामा राख्न आदेश

अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई हिजो (मंगलबार) राति स्वयम्भूबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका सुवेदी ललिता निवास जग्गा हिनामिना प्रकरणका ‘मुख्य योजनाकार’का आरोपी हुन् । सीआईबीले उनलाई बुधबार म्याद थपका लागि जिल्ला काठमाडौँमा उपस्थित गराएको थियो ।

सुवेदी वि.सं २०५० सालअघि लेखनदासका रुपमा चिनिन्थे । त्यही क्रममा पञ्चायतकालमै सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको जग्गा तत्कालीन भोगाधिकारी रहेका सुवर्णशम्शेरका नातेदारसँग मिलेर व्यक्तिको नाममा ल्याउन सुवेदी बिचौलियाको भूमिका खेलेको आरोप छ ।

वि.सं २०४९ देखि २०६९ गरी चार वटा सरकारका पालामा करिब १ सय ३६ रोपनीभन्दा बढी जग्गा हडपिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

हडपिएको जग्गामध्ये ७४ जना व्यक्ति र ५ संस्थाका नाममा पुगेको छ । यो प्रकरणमा करिब ४ सय आरोपितमाथि किर्ते मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष छ ।

सुवेदी दम्पतीसहित १ सय १० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारको अनुसन्धानपछि सुवेदी दम्पती फरार थिए । यो मुद्दामा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई, काँग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत राजनीतिज्ञहरू पनि मुछिएका छन् ।

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मुछिएका एक दम्पती पक्राउ

प्रतिक्रिया दिनुहोस