नेपाललाई एमसिसी अनुमोदन गर्न थप समय « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

नेपाललाई एमसिसी अनुमोदन गर्न थप समय


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले आफूसँगको सम्झौता नेपालको संसदबाट अनुमोदनका लागि थप समय पर्खिने निर्णय गरेको छ ।

१४ डिसेम्बर (२८ मङ्सिर)को एमसिसी बोर्ड बैठकपछि अमेरिकाको वासिङ्टन डिसीबाट गत बुधबार जारी विज्ञप्तिअनुसार एमसिसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ ।

एमसिसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायता’दयगत समीक्षा गरिएको उल्लेख छ ।

नेपालमा एमसिसी अनुमोदन हुने कि नहुने भन्ने अन्योलता भइरहेका बेला एमसीसी बोर्ड सकारात्मक देखिएको हो ।

बोर्ड बैठकको वार्षिक समीक्षामा एमसिसी छनोट भएका विभिन्न देशको नीतिगत कार्यसम्पादनको विषयमा छलफल भएको जनाएको छ । जसमध्ये नेपाललाई दिएको एमसिसी अनुदानको काम प्रगतिको विषयमा छलफल भएको जनाएको छ ।

एमसिसी बोर्ड नेपाललाई दिएको अनुदान अनुमोदन हुने निश्चित भएको सन्देश दिइरहँदा यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक राखेर एमसीसी अनुमोदनका लागि पहल गर्ने तयारी थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस