२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोरी उत्पादनमा ‘साख’ गुमाउँदै नवलपुर

अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले तोरी उत्पादनमा आफ्नो ‘साख’ जोगाउन सकेको छैन ।

केही दशक अगाडिसम्म जिल्लामा उत्पादन भएको तोरी काठमाडौँ, पोखरालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको भए पनि पछिल्ला वर्षमा तोरीको उत्पादन घट्दो क्रममा छ ।

जिल्लामा उत्पादन भएको तोरीले यहाँको मागसमेत धान्न नसक्ने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्ला वर्षमा जिल्लामा तोरीको उत्पादन निरन्तररूपमा घट्दै गएको केन्द्रका कृषि अर्थविज्ञ वर्षा न्यौपानेले बताए ।

न्यौपानेका अनुसार जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा एक हजार २८० मेट्रिक टन तोरी उत्पादन भएको थियो । सो आवमा जिल्लाको एक हजार २०० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो ।

त्यसैगरी आव २०७७÷७८ मा जिल्लामा एक हजार २०५ मेट्रिक टन तोरी उत्पादन भएको थियो । सो आवमा करिब एक हजार १२० हेक्टर क्षेत्रफलमा तोरीखेती लगाइएको थियो ।

चालु आवमा भने करिब एक हजार २०० मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष नवलपुरको करिब एक हजार १८० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिए पनि उत्पादन घट्ने अनुमान गरिएको न्यौपानेको भनाइ छ ।

‘यस वर्ष करिब १।०५ मेट्रिक टन प्रतिहेक्टरका दरले तोरी उत्पादन हुने अनुमान गरिएको छ’, उनले भने । कावासोती, मध्यविन्दु, गैँडाकोटलगायतका क्षेत्रमा तोरी खेती हुँदै आएको छ ।

पहाडी क्षेत्रमा तोरी खासै उत्पादन हुँदैन । नवलपुरका किसानले उत्पादन गरेको तोरीले जिल्लाको माग धान्न नसक्ने न्यौपानेले बताए । विगत वर्षमा तोरीको उत्पादन पर्याप्त हुने गरेको भए पनि पछिल्लो समयमा घट्दै गएको न्यौपानेले बताए ।

कृषकले तोरीखेतीबाट भन्दा अन्य नगदे बालीबाट मनग्य आम्दानी लिन थालेपछि तोरीखेतीतर्फ आकर्षण घट्दो क्रममा छ ।

केही वर्ष अघिसम्म कोल्हुवा, अग्यौली, ढोकीलगायतका फाँटमा यो समयमा तोरी फुलेर पहेँलै हुने गरेको भए पनि अहिले आधा क्षेत्रफलमा पनि तोरी नदेखिएको मध्यविन्दु–३ का जुगतराम थनेतले बताए ।

प्रतिक्रिया दिनुहोस