काँग्रेस महाधिवेशनस्थलमा पत्रकारहरुमाथि भएको दुर्व्यवहार प्रति महासंघको आपत्ति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेस महाधिवेशनस्थलमा पत्रकारहरुमाथि भएको दुर्व्यवहार प्रति महासंघको आपत्ति


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघले तोकिएको भन्दा तीन घण्टा ढिला गरी सुरु भएको मतदानको फोटो खिच्न गएका पत्रकारहरुलाई प्रहरी र निर्वाचन समिति सदस्यहरुले भित्र जान नदिएर दुर्व्यवहार गरेको घटनाप्रति आपत्ति जनाएको हो ।

नेपाली काँग्रेसको १४ औं माहाधिवेशन अन्तर्गत आज भइरहेको मतदानस्थलमा पत्रकारमाथि भएको दुर्व्यवहार प्रति माहासंघले विज्ञप्ती जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार संकलनका लागि सहज बनाइनुपर्नेमा उल्टै व्यवधान गरेर काँग्रेसले प्रेस स्वतन्त्रतामाथि ज्यादती गरेको महासंघको ठहर रहेको छ ।

सम्बन्धित समाचार : काँग्रेसको चुनावमा फाेटाे पत्रकारको क्यामेरा डाउन

Tags :
प्रतिक्रिया दिनुहोस