२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपामा लिङ्देनको अग्रता कायमै : २९६४ मत गनिसक्दा लिङ्देन ११७ मत अन्तरले अगाडि

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्याशी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्।

प्रारम्भिक मतगणनामै अग्रता लिएका लिङ्देनले करिब ३ हजार मत गणना सकिँदा एक हजार तीन सय ७१ मतसहित अग्रता कायम राखेका छन्।

अध्यक्षका अर्का प्रत्याशी कमल थापाले एक हजार दुई सय ५४ मत पाएका छन्। हालसम्म दुई हजार नौ सय ६४ मत गनिसक्दा तीन सय ३९ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।

बिहान ३ बजेबाट सुरु भएको मतगणना प्रक्रिया अध्यक्ष पदका लागि कागजी मतपत्रबाट मतदान भएको हो ।

राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित एक सय ४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।

सात सह–महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सह प्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिल विकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी रहेको छ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवल शमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भास्कर भद्राको उम्मेदवारी परेको छ।

शनिवार अबेर रातिसम्म सम्पन्न भएको राप्रपाको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए।

४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये पाँच सय ६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस