२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चयनका लागि मतदान आज

अ+ अ-

काठमाडौँ । प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न निर्धारीत मिति भन्दा एक दिन ढिला गरी आज शनिबार मतदान गर्ने भएको हो । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ।

१५ गते देखि सुरु भएको राप्रपाको एकता महाधिवेशन अन्तर्गत बिहीवार देखि निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए।

महाधिवेशनमा वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा महिला उपाध्यक्षतर्फ रोशन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा भाष्कर भद्रा, भुवन पाठक र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही चुनावी प्रतिस्पर्धामा छन् । लिङ्देन समूहबाट उपाध्यक्षमा विक्रम पाण्डे, रामचन्द्र राय, डिलविकास राजभण्डारी, लीला श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्। महामन्त्रीमा नायिका रेखा थापा, डा। धवलशमशेर राणा, श्याम तिमल्सिनाले उम्मेदवारी दिएका छन्।

पदाधिकारीअन्तर्गत एक महिलासहित चार उपाध्यक्ष पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। एक महिलासहित तीन महामन्त्रीका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २६४ जनाले मनोनयन दर्ता भएको छ। उम्मेदवारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको जनाइएको छ । केन्द्रीय सदस्यको निर्वाचन विद्युतीय भोटिङ प्रणाली माध्यमबाट सम्पन्न गरिने बताइएको छ। शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ ।

प्रतिक्रिया दिनुहोस