काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ६४६९ जनामा नमुना परीक्षण गरिएकोमा सो संख्यामा कोरोना संक्रमण देखिएको हो। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ८६४ पुगेको छ ।
सोही अवधिमा देशभरबाट २६६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल सम्म ८ लाख २ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ । नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ भने
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ जना रहेका छन् । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।