२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला १५ मङ्सिरमा

अ+ अ-

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ ।

भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो ।

सङ्घभित्र विवाद बढ्दै गई सरकारविरुद्ध मुद्दा मामिला गर्न लागिएको बारे पनि भेलामा छलफल गरिने जनाइएको छ ।

राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकाका अध्यक्ष तथा एनसिसीहरुको पहिलो विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई दसौँ महाधिवेशन गर्ने अधिकार दिएकामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे भेलामा छलफल गरिने बताए ।

पञ्जीकृत सदस्यहरुले बुझाएको शुल्क खर्च गरेर सरकारविरुद्ध मुद्दा मामिला गर्नु एनआरएनए जस्तो सामाजिक संस्थालाई सुहाउने काम नभएको उनले बताए ।

संयोजक सुवेदीले भने, ‘यो अत्यन्तै गैर जिम्मेवार कार्य हो । यसबारे पनि भेलामा छलफल हुनेछ ।’ उनले भेलाको निष्कर्ष सङ्घका विभिन्न निकायलगायत परराष्ट्र मन्त्रालयमा पनि पठाइने जानकारी दिए । यसअघि पहिलो विश्व भेलाको निष्कर्ष बेलायत भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाइएको थियो ।

यसैबीच गैर आवासीय सङ्घ जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा. बलराम श्रेष्ठले परराष्ट्र मन्त्रालयको पछिल्लो पटक दिएको निर्देशनलाई गैर आवासीय नेपालीको एकता र सकारात्मक रुपमा लिनुपर्ने बताए ।

सन् २०२१ अक्टोबर १८ पछि कामचलाउ भइसकेको सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का अध्यक्ष कुमार पन्तले एनआरएनएका तर्फबाट कुनै पनि दीर्घकालीन असर पर्ने काम गर्न नपाउने विज्ञप्तिमार्फत जनाए ।

एनआरएनएमा विभाजन ल्याउन नेपाल सरकारविरुद्ध मुद्दा गर्नुले एनआरएनएलाई वैधानिक रुपमा विभाजनको नजिक ल्याउन सक्ने उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस