२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकाको चार नाकाबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

कामपा स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामाी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यही मङ्सिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने कामपाले जानकारी गराएको छ ।

काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाण आधारमा खोप दिइने पनि कामपाले जनाएको छ । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको स्वास्थ्य सुरक्षामा आफु सधैँ जिम्मेवार रहेको बताए ।

कोरोनाको दोस्रो लहरको समयमा पनि कामपाले काठमाडौँ उपत्यकाको सरकारी र सामुदायिक गरी १२ अस्पताललाई कोभिडविरुद्ध उपचार गर्नका लागि विभिन्न औजार, उपकरण, सामग्री तथा स्रोत परिचालनमा सहयोग गरेको कार्यक्रममा प्रमुख शाक्यले स्मरण गराए ।

कामपा स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएको चारवटै खोप केन्द्रबाट केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनिका खोप उपलब्ध हुने जानकारी दिए । यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मङ्सिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ । यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यहाँ भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनिका खोप उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस