२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको थालनी गरेको छु : मन्त्री श्रेष्ठ

अ+ अ-

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा काम गर्ने अभियानको आफूले थालनी गरेको बताइन् । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले सङ्घीयताको मर्म बाहिर गएर काम गर्नेलाई रोक्ने प्रयास पनि आफूले गरिरहेको बताइन् ।

कानुनले छोरीको नाममा पनि अंशको व्यवस्था गरे पनि त्यसलाई अझै कार्यान्वयनमा नल्याएको भन्दै मन्त्री श्रेष्ठले भनिन्, ‘छोरीको नाममा पनि सम्पत्ति भन्ने कानुनलाई कार्यान्वयनमा ल्याउने छु, अहिले पनि अंशवण्डा हुँदा मालपोत कार्यालयले छोरी छ कि खोज्दैन, अबको एक दुई दिनभित्रै मालपोतले अंशवण्डा गर्दा छोरी खोज्नेगरी व्यवस्था गराउँछु ।’

प्रतिगामी तत्वले अहिले पनि संविधान मास्न खोजिरहेको भन्दै मुलुकमा अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेको छ भनिन् । ठाउँ पाउदा फेरी पनि संविधानविरोधी तत्व अगाडि आउन सक्छन् भन्दै उनले सचेत हुनु जरुरी रहेको र पत्रकारले संविधानको रक्षाका लागि कलम चलाउनुपर्ने भनाइ राखिन् । मन्त्री श्रेष्ठले उपत्यकामा रहेका स्ववासीहरुले लालपूर्जा नपाएर खेपिरहनु परेको समस्या तथा हलिया र कमलरीको समस्या समाधान गर्न आफूले छिटो र छोटो प्रक्रिया अगाडि बढाएर लागिएको बताइन्।

जनतालाई सही सूचना सम्प्रेषण गर्ने गरी अग्रगमनको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको स्मरण गरिन् । कार्यक्रममा प्रेस सेन्टरका बलराम थापा, माओवादी केन्द्रका नेता देवेन्द्र श्रेष्ठ, सेन्टरका जिल्ला संयोजक सञ्जीप, शुभचिन्तकलगायतले पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस