काठमाडौँ । पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन् । १११५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ६ संक्रमितको मृत्यु भएको छ भने २६० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ७६४२ जना सक्रिय संक्रमित रहेका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ भने ७ लाख ९९ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल ७ हजार १६९ जना होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।