कैलाली युवक हत्या अपडेट : हत्या आरोपमा ६ जना पक्राउ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कैलाली युवक हत्या अपडेट : हत्या आरोपमा ६ जना पक्राउ


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । कैलालीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई मंगलबार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा आर्यन देवकोटासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार टीकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक मंगलबार राति ६ जनाको समूह बडुवाललाई लखेट्दै चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

भुपेन्द्र र आर्यनबीच विगत लामो समयदेखि रिसइबी रहेको प्रहरीले जनाएको छ । घटनाका बारे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको बिष्टको भनाइ छ ।

मृतकका परिवार र आफन्तले हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेको छ ।

सम्बन्धित समाचार : कैलालीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

सम्बन्धित समाचार : युवकको हत्यापछि कैलालीको लम्की बजार तनावग्रस्त

Tags :
प्रतिक्रिया दिनुहोस