काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०२६ जनामा परीक्षण गर्दा पीसीआर परीक्षणबाट ३७१ जनामा र १९ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो।
सोही अवधीमा देशभरबाट ४२५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। हालसम्म नेपालमा संक्रमण निको हुनेको कुल संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ । यसैबीच पछिल्लो २५ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४५३ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ६५४ जना रहेका छन् ।