२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापतिद्वारा चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास

अ+ अ-

मकवानपुर । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण तथा संरक्षण गर्न लागिएको गढी क्षेत्रको उनले आज शिलान्यास गरेका हुन् ।

प्रधानसेनापति शर्माले चिसापानीगढी आकर्षक र कलात्मक संरचना निर्माण गर्न लागिएकोमा खुशी व्यक्त गरे। उनले चिसापानीगढीसहित देशभरका गढीले देशको सीमा सुरक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै यसको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरे ।

लामो समयदेखि राज्यको नरजमा पर्न नसकेको सो गढीको संरक्षणमा अहिले भीमफेदी गाउँपालिकाले सक्रियता देखाएको भन्दै उनले नेपाली सेनाले पनि आवश्यक सहयोग गरेको बताए । राज्यपक्षले यस्ता गढीलाई राष्ट्रिय गौरवको आयोजनाकै रुपमा राखेर प्रविधियुक्त संरचना बनाई भावी पुस्तालाई इतिहास अध्ययनको लागि वातावरण तयार पार्नुपर्ने उनले बताए । उनले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सो गढी अब देशैकै उत्कृष्ट गढीका रूपमा पर्यटकीयरूपमा चर्चामा आउने समेत बताए ।

त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले तत्कालीन समयमा व्यापारिक नाकाको रूपमा रहेको यस गढीको संरक्षण र विकासका लागि आफू र आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्न तयार रहेको बताए । उनले चिसापानीगढी अब नयाँ पुस्ताको लागि अध्ययनको एउटा राम्रो गन्तव्य बन्ने र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण मानिने उल्लेख गरे ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका उपाध्यक्ष पावर्ती राना, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।

सो गढी निर्माणको लागि चालु आर्थिक वर्षमा मात्रै रु पाँच करोड विनियोजना भइसकेको छ । ठेक्का सम्झौतामार्फत विसं २०८० भित्रमा संरचना निर्माणको काम सम्पन्न गरिसकिने भीमफेदी गाउँपालिकाले जनाएको छ । चालु आवमा मुख्य प्रवेशद्वारामा कलात्मक गेट निर्माण गरिने, सो क्षेत्रमा कम्पाउण्ड वाल निर्माण गरिने, नेपालको नक्सा तयार गरिने, इनारको पुनः निर्माण गरिने, तथा बटुक भैरव मन्दिरको संरक्षण गरिने गाउँपालिकाको योजना रहेको योजना प्रमुख बद्र्री सापकोटाले जानकारी दिए । सो आयोजनाको लागि रु २८ लाखको गुरुयोजना तयार गरी काम अघि बढाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस