२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो तामाकोशीको विद्युत् उत्पादन बन्द गर्ने करार सेवाका कर्मचारीको चेतावनी

अ+ अ-

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका करार सेवाका कर्मचारीले आफूहरूलाई स्थायी गर्नुपर्ने माग राखे राख्दै तिहारका बेला विद्युत् उत्पादन र आपूर्तिमा नै अवरोध गर्ने चेतावनी दिएका छन् ।

चार सय ५६ मेगावाट क्षमताको आयोजनाको विद्युत् उत्पादन आज (बुधबार) देखि अनिश्चित कालसम्म बन्द गर्ने चेतावनी स्वतन्त्र कर्मचारी युनियनको छ।

कर्मचारी थप गर्न खोजेको तर करार सेवामा रहेका कर्मचारीलाई स्थायी प्रक्रियामा नलगेकोमा उनीहरूले विरोध गरिरहेका छन् ।

समस्या समाधानका लागि कात्तिक १२ देखि पटक पटक वार्ता भइरहेको थियो। तर कर्मचारी युनियनले हिजो (मंगलबार) विज्ञप्ति निकालेर थप आन्दोलन गर्ने घोषणा गरेको थियो।

अत्यावश्यक सेवा ऐन २०१४ को दफा ३ को उपदफा १ ले विद्युत् सेवामा हडताल निषेध गरेको छ। हडताल गर्नेलाई छ महिनासम्म कैद सजाय हुने पनि उल्लेख छ।

अनिश्चित कालसम्मका लागि विद्युत् गृह सञ्चालन बन्द गर्ने युनियनको घोषणा सरकारले जारी गरेको आदेशको उलङ्घन हुने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले सूचना निकालेर उल्लेख गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन बन्द गर्ने युनियनले दिएको चेतावनीमा गम्भीर आपत्ति जनाएको छ। वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने भए पनि अराजक गतिविधि गर्न लागेकोमा प्राधिकरणले असहमति जनाएको छ।

प्रतिक्रिया दिनुहोस