२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धवलागिरि अस्पतालमा जीवनजल अभाव

अ+ अ-

गलकोट । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्ता लगायतका बिरामीको चाप बढे पनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ ।

झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरिन् । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए।

‘समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ, तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैन’, उनले भने, ‘स्वास्थ्य बिमाले सबै औषधि दिनु भन्छ, तर खरिद ऐन बाधक बन्छ त्यसैले भनेको समयमा औषधि दिन सकिरहेका छैनौँ ।’

फार्मेसीमा जीवनजल मात्रै होइन, थाइरोनम २५ लगायतका अन्य अत्यावश्यक औषधिको समेत अभाव भएको छ । खरिद ऐन परिवर्तन नभएसम्म यस्तो समस्या दोहोरिने सुवेदी बताउँछन् ।

धवलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जीवनजललगायतका अत्यावश्यक औषधिको अभाव हुन नदिने बताए ।

बागलुङ नगरका अन्य स्वास्थ्य संस्थामा जीवनजल, सिटामोललगायत अत्यावश्यक औषधिको अभाव नभएको बागलुङ नगर स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस