काठमाडौँ । नेपाली र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास आज (सोमबार)बाट हुँदै छ ।
नेपाली सेना र अमेरिकी सेनाबिच सोमबारबाट ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुन लागेको हो ।
विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन् । नेपाली र अमेरिकी सेनाबिचको सैन्य अभ्यास काठमाडौँ र पोखरामा हुनेछ।
मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्धार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रित रहने छ। अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्धारका लागि निपूर्ण मानिन्छन् ।
अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्धारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन् । अभ्यास झन्डै एक महिनासम्म चल्ने छ ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले भने, ‘विपद् व्यवस्थापन केन्द्रित तालिम हो । तालिमले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउँछ ।’
टीक नेल’ सैन्य अभ्यासको यो २२ औँ संस्करण हो। यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए ।
अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन् ।
विपद् व्यवस्थापनको तालिमका लागि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धिमूलक सहयोग गर्दै आएको छ ।