काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतो पट्टी बाँधेर प्रदर्शन गरेको छ ।
कसैकसैले कालो र सेतो पट्टी दुवै बाँधेर प्रदर्शन गरेका छन् ।
नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुवै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।
यसरी प्रदर्शन गर्नेमा कानुन व्यवसायी स्वागत नेपाल र भूमिनन्द चुँडाल लगायत छन् ।
कानुन व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरु वञ्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको बताए ।