२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चमा फूलकोर्ट बस्‍न सकेन

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले बहिष्कार गरेपछि फूलकोर्ट बस्न सकेन। प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार दिउँसो १स्३० बजेका लागि फूलकोर्ट बोलाएका थिए।

न्यायाधीशहरुले सोमबारको इजलास पनि बहिष्कार गरेका छन्। उनीहरु इजलासमा नगइ छलफलमा जुटेका छन्। यता नेपाल बार एसोसिएसनको पनि छुट्टै बैठक बसिरहेको छ।

आइतबार प्रधानन्यायाधीश जबरा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच भेटघाट भएको थियो। भेटका क्रममा न्यायाधीश जबराले सोमबार फूलकोर्ट र मंगलबार गोपाप्रथाबाट इजलास तोक्ने प्रतिवद्धता जनाएका थिए।

यता सर्वोच्चकै १४ न्यायाधीश भने प्रधानन्यायाधीशलाई नै ‘असहयोग’को नीति बनाउन छुट्टै बैठक बसेका थिए। प्रधानन्यायाधीश जबराले फूलकोर्टको एजेन्डाबारे छलफलै नगरी बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरुले आपत्ती जनाएका थिए। चौतर्फी विवादमा परेपछि प्रधानन्यायाधीश जबराले कानुन व्यवसायीको छाता संगठन नेपाल बारका पदाधिकारीसँग छलफल गरेका थिएन्।

जबराले करिब तीन घण्टाको छलफलमा ‘न्यायालय सुधार’का नाममा हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। सर्वोच्चको सोमबार बस्ने पूर्ण बैठक (फूलकोर्ट) मा उनले बारका पदाधिकारीलाई समेत आमन्त्रण गरेका थिए।

बहिष्कारजस्तो नदेखिने गरी इजलाससमेत छल्न बैठक गरेर अलमल्याउने रणनीति बनाएको भन्दै न्यायाधीशहरु छलफलमा जुटेका हुन्। पूर्णबैठक बहिष्कार गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० न्यायाधीश छन्। एक न्यायाधीश अमेरिका भ्रमण र अन्य काठमाडौंबाहिर रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस