पाँचथरमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाँचथरमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुग्यो


३ कार्तिक २०७८, बुधबार


पाँचथर । पाँचथरमा अविरल वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने दर्जनभन्दा धेरै परिवार विस्थापित भएका छन् ।

फिदिम–४ की २५ वर्षीया ममता मगर र उनका ४ वर्षीय छोराको घरमाथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

त्यस्तै कुम्मायक गाउँपालिका–२ माङ्जावुङकी ४० वर्षीया डम्बरकुमारी शर्मा, मिक्लाजुङ–४ का ६५ वर्षीय धनबहादुर लावती, फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्वा तामाङको पहिरोले पुरिएर मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

यस्तै मिक्लाजुङ–५ र फाल्गुनन्द ४मा एक–एक जनाको मृत्यु भएको छ । उनीहरुको भने सनाखत हुन सकेको छैन । मिक्लाजुङ–४ र फाल्गुनन्द–१ एक गरी दुई जना बेपत्ता छन् ।

मेची राजमार्गको इलाम फिदिम र फिदिम–ताप्लेजुङ तथा पुष्पलाल मध्य पहाडी लोकमार्गको पाँचथर खण्डका दर्जनभन्दा धेरै स्थानमा पहिरो गएको छ । पहिरो पन्छाउन ठाँउठाँउमा एक्स्काभेटर खटाइए पनि समय लाग्ने बताइएको छ ।

सम्बन्धित समाचार : पाँचथरमा पहिरोमा परी ५ जनाको मृत्यु , २ जना बेपत्ता

Tags :
प्रतिक्रिया दिनुहोस