कफीमा साङ्ला भेटिएको डी क्याफेलाई सचेत गराइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कफीमा साङ्ला भेटिएको डी क्याफेलाई सचेत गराइयो


२५ आश्विन २०७८, सोमबार


काठमाडौँ । कफीमा साङ्ला भेटिएको डी बेकरी क्याफेलाई सचेत गराइएको छ । क्यापाचिनोमा साङ्ला नै भेटिएको समाचार प्रशासन डटकममा प्रकाशित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोली चाबहिल चुच्चेपाटिस्थित क्याफेमा पुगेर अनुगमन गरेको थियो ।

सम्बन्धित समाचार : कफीमा साङ्ला !

अनुगमनका क्रममा कमजोरी देखिएको भन्दै क्याफेका सञ्चालक राजाराम कार्कीलाई विभिन्न चार बुँदे निर्देशन दिइएको छ । कफी बनाउने स्थान तथा र्‍याकका कोठाहरूमा किरा, साङ्लाको उचित नियन्त्रण गर्नुपर्ने, कफी बनाउने स्थानमा कडा लाइटको व्यवस्था गर्नुपर्ने, कफी खाने स्थानमा झ्याल तथा ढोकाहरूमा जालीको व्यवस्था गर्नुपर्ने र क्याफे इन्ट्रि बिन्दुमा किरा नियन्त्रणको उचित व्यवस्था गर्न विभागबाट खटिएका खाद्य निरीक्षकले निर्देशन दिएको विभागले जनाएको छ ।

उक्त निर्देशनसँगै सञ्चालकले एक दिन क्याफे नै बन्द गरेर सरसफाइ तथा स्यानिटाइज्ड गरेका छन् भने साङ्ला नियन्त्रणका लागि क्यापिटल पेस्ट कन्ट्रोल प्रा.लि.सँग एक वर्षकै सम्झौता गरेको विभागको टोलीलाई लिखित जानकारी गराएको छ ।

स्वच्छ र स्वस्थ उपभोग्य वस्तु उपभोग गर्न पाउने आम नागरिकको अधिकारका लागि उपलब्ध स्रोतसाधनको भरपुर सदुपयोग गरिरहेको र कुनै ठाउँबाट गुणस्तरहीन तथा मापदण्ड विपरीतका कार्य भएको गुनासो प्राप्त भए तत्काल सम्बोधन गरिँदै आएको विभागले जनाएको छ । साथै त्यस्ता जानकारीहरू उपलब्ध गराउनसमेत आम उपभोक्तालाई विभागले आग्रहसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस