कफीमा साङ्ला ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कफीमा साङ्ला !


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । पछिल्लो समय बजारमा फोहोर, अखाद्य तथा म्याद नाघेका वस्तुहरूको बिगबिगी छ । फाट्टफुट्ट गरिने अनुगमनबाट प्राप्त अखाद्य बस्तुहरूको परिमाणले पनि हामी कति स्वस्थ खाद्यवस्तु उपभोग गर्न पाइरहेका छौँ त भन्ने कुरा पुष्टि गर्दछ ।

स-साना होटेल, रेस्टुरेन्ट तथा पशलहरुमात्रै होइन, ठुला भनिएका व्यवसायीहरूसमेत खानेकुरामा सजग भएको देखिँदैन । शनिवार चाबहिल चुच्चेपाटिस्थित डी बेकरी क्याफेमा कफीमा साङ्ला भेटियो । ग्राहकले मगाएको क्यापाचिनोमा साङ्ला नै भेटिएपछि क्याफेका कर्मचारीले गल्ती भयो भन्दै माफी मागे । विदेशमा भए उनले ठुलै सजायसहित सुधार गर्नुपर्थ्यो तर यहाँ भने धन्न उनले गल्ती भयो सम्म भने तर उनलाई के कारबाही हुने र यसपछि सुधार्ने छन् भन्ने के ग्यारेन्टी ?

कफीमा साङ्लो भेटिएपछि आक्रोशित हुँदै चाबहिलका मङ्गल श्रेष्ठले भने -‘वर्षौँदेखि सञ्चालनमा रहेको नाम चलेको क्याफेमा त यो अवस्था छ भने अन्यको झन् के होला ?’

उपभोक्ताप्रति लापरवाह यस्ता व्यवसायीहरूमाथि सरकारी संयन्त्रको ध्यान पुगोस् र यो देशमा नियमनकारी निकाय पनि छन् भन्ने आभास आम उपभोक्तालाई होस्

Tags :
प्रतिक्रिया दिनुहोस