फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।
     
नाइननानफे कल साइन भएको क्यु४००–८ जहाज काठमाडौँबाट नेपालगन्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । 

उनका अनुसार फसेको जहाज निकाल्ने प्रयास भइरहेको र यात्रुलाई अर्को जहाजमा पठाइने छ । उक्त जहाजमा चालक दलका चारसहित ८० जना सवार थिए ।

सम्बन्धित समाचार : यात्रुसहितको श्री एयरलाइन्सको जहाज रनवेमा जाँदै गर्दा चिप्लिएर घाँसे मैदानमा

Tags :
प्रतिक्रिया दिनुहोस