यात्रुसहितको श्री एयरलाइन्सको जहाज रनवेमा जाँदै गर्दा चिप्लिएर घाँसे मैदानमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यात्रुसहितको श्री एयरलाइन्सको जहाज रनवेमा जाँदै गर्दा चिप्लिएर घाँसे मैदानमा


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । श्री एयरलाइन्सको एउटा जहाज आज (मंगलबार) बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसे मैदान पुगेको छ।

त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगन्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसे मैदानतिर गएको हो।

‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’

जहाजमा यात्रुहरू पनि थिए।

जहाज धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको विमानस्थल स्रोतले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस