२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मोक्षभूमि’ लाई पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई

अ+ अ-

काठमाडौँ । यस वर्षको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई प्रदान गरिने भएको छ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले तीन लाख पुरस्कार राशिको उक्त पुरस्कार लेखक तथा राजनीतिज्ञ दाहालको कृतिलाई दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।

२०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

मोक्षभूमिको कथा संवत् १२८० बाट सुरु हुन्छ। यो मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौँ दासहरूको मुक्तिको कथा हो।

प्रतिष्ठानले यो वर्षको पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ।

आचार्यले तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।

‘२०४६ सालको एक साँझ काठमाडौँको बौद्धमा साङ्घातिक हमला भएपछि गायक तथा सङ्गीतकार आचार्यको गायन यात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीतसङ्गीतका लागि ठुलो क्षति हो। १६ वर्षको छोटो सङ्गीत साधनाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन्,’ प्रतिष्ठानले भनेको छ।

वि।स।२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

पद्मश्री साधना सम्मानको राशि पनि तीन लाख रुपैयाँ छ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस वर्ष विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस