२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव अधिकारको संरक्षण र संवर्द्धनमा सरकार संवेदनशीलः मुख्यमन्त्री केसी

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।

उनले राजनीतिक अस्थिरता र असन्तुलनका कारण मानव अधिकारसँग सम्बन्धित कानून निर्माणले प्राथमिकता पाउन नसकेको स्वीकार गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा आज बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री केसीले मानव अधिकारसँग सम्बन्धित कानून निर्माणको प्रमुख हिस्सेदार सङ्घीय सरकार भएकाले यस विषयमा सङ्घीय सरकारलाई अझै जवाफदेही बनाउने गरी छलफल अघि बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले मानव अधिकार रक्षकको सम्मान, संरक्षण र सम्वद्र्धनका लागि सरकार संवेदनशील भएर लाग्नुपर्ने बताए । उनलेनेपाल अन्तर्राष्ट्रिय सन्धिसम्झौताका विषयमा आँखा चिम्लेर हस्ताक्षर गर्ने पक्षराष्ट्र भएकाले मानव अधिकार रक्षकको अधिकारको संरक्षण र सम्मानमा तदारुकता देखाउनुपर्ने भन्दै मानव अधिकार रक्षकको भूमिका र योगदानका विषयमा प्रदेशसभामा विधेयक ल्याइदन आग्रह गरे ।

कार्यक्रममा आयोजककातर्फबाट कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता टीकाध्यज खड्काले मानव अधिकार रक्षकको सुरक्षा, संरक्षण र दायित्वका लागि कानूनी व्यवस्था गर्नु आवश्यक रहेको बताए । उनले यस किसिमको कानूनलाई सङ्घीय सरकार र प्रदेश सरकारले पर्याप्त छलफल गरेर ल्याउनुपर्नेमा जोड दिए ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव राजेन्द्र थापाले मानव अधिकार रक्षकको सम्मान र संरक्षणका लागि राज्यले विभिन्न अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र भइसकेकाले यस विषयमा स्पष्ट भएर अगाडि बढ्न सकिने बतए ।

अनौपचारिक क्षेत्र सेवाकेन्द्र, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले तीन दशकदेखि मानव अधिकारको अनुगमन, अभिलेखीकरण, पैरवी र मानव अधिकार शिक्षाको विषयमा काम गर्दै आएको बताउँदै मानव अधिकार रक्षकको अधिकारको संरक्षण, प्रवद्र्धनका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले मानव अधिकार रक्षकको विषय अत्यन्त्यै महत्वपूर्ण भएकाले यसमा सरकार संवेदनशील हुनपर्नेमा जोड दिए ।

त्यस्तै प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले मानव अधिकार रक्षकका लागि अलग्गै कानूनभन्दा पनि मानव अधिकारसम्बन्धी कानून निर्माण गरेर एकीकृतरुपमा मानव अधिकार रक्षकको संरक्षण र संवर्द्धनमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस