एकीकृत समाजवादीले चार उपाध्यक्षसहित पदाधिकारीको नाम टुङ्गो लगायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादीले चार उपाध्यक्षसहित पदाधिकारीको नाम टुङ्गो लगायो


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले चार पदाधिकारीसहित महासचिवको टुङ्गो लगाएको छ ।

एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् ।

महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुङ्गो लागेको छ। ।

आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने गरी पदाधिकारीको नाम टुङ्गो लगाएको एसले जनाएको छ ।

नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् ।

त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् ।

सम्बन्धित समाचार : एकीकृत समाजवादीले बेदुराम भुषाललाई महासचिव बनाउने पक्का

Tags :
प्रतिक्रिया दिनुहोस