एकीकृत समाजवादीले बेदुराम भुषाललाई महासचिव बनाउने पक्का « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एकीकृत समाजवादीले बेदुराम भुषाललाई महासचिव बनाउने पक्का


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए ।

‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भने ।

महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दाबी गरेका थिए ।

तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ । गत मंगलबार देखि सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस