२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७९ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

अ+ अ-

काठमाडौँ । नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ ।

त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ । पूर्ण मात्रा खोप लगाउने र पहिलो मात्रा मात्र लगाउने गरी एक करोड ४१ लाख ५३ हजार १५५ जनामा कोरोनाविरुद्धको खोप लगाइएको जनाइएको छ ।

प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ । यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५ पुगेको छ ।

यस्तै भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ३६ लाख २५ हजार ९५७ पुगेको छ । भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २८ लाख २३ हजार ६८३ पुगेको छ । यस्तै जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको सङ्ख्या १४ लाख ४० हजार ७३५ पुगेको छ ।

काठमाडौँ उपत्यकामा ४१ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काका अनुसार पूर्ण खोप लगाउनेको सङ्ख्या ४१ प्रतिशत छ । यस्तै भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस