२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका ३४२ जनप्रतिनिधि एकिकृत समाजवादीमा

अ+ अ-

कर्णाली । कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकिकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा (एमाले) त्यागेर एकिकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन ।

कर्णाली प्रदेशसभामा अब एकिकृत समाजवादीका तीन सदस्य कायम भएका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पदम रोकायाले एमाले त्यागेर नयाँ दल रोजेका हुन् । स्थानीय तहतर्फ ३३९ जनप्रतिनिधिले एकिकृत समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले स्थानीय तह अन्तर्गत सुर्खेतका १५, दैलेखका ६३, जाजरकोटका १०, कालीकोटका ६५, हुम्लाका ५, मुगुका २८, जुम्लाका ४४, डोल्पाका ४२, सल्यानका ६४ र रुकुम पश्चिमका ३ जना रहेको जानकारी दिए ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ९, चौकुने गाउँपालिकाका ३, पञ्चपुरी नगरपालिकाका २ र भेरीगंगा नगरपालिकाका १ जनाले एकिकृत समाजवादी रोजेका छन् । सुर्खेतका ९ स्थानीय तहमा गरी ९९ वडा छन् । एमालेले सिम्ता, लेकवेशी, चौकुनेमा प्रमुख/उपप्रमुख तथा र वीरेन्द्रनगरमा उपप्रमुख जितेको थियो । प्रमु/उपप्रमुख सबै एमालेमै रहेका छन् भने एमालेले जितेका ४३ वडामा चार वडाध्यक्ष र वडा सदस्य ११ जनाले समाजवादी पार्टी रोजेका हुन ।

प्रतिक्रिया दिनुहोस