२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा निषेधाज्ञा हटाइयो

अ+ अ-

म्याग्दी । मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो ।

अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सरोकारवालाहरुको सुझावअनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले मुक्तिनाथ मन्दिरबाहेक सबै क्षेत्र खुलाउने निर्णय गरेको जानकारी दिए।

‘मुक्तिनाथ मन्दिरमा प्रवेश खुलाइएको छैन’, उनले भने, ‘मुस्ताङ भित्रिनका लागि विदेशी नागरिकलाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।’ जनजीवन सहज र आर्थिक क्षेत्रलाई चलायमान बनाउन स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरेर निषेधाज्ञा खुलाइएको हो ।

निषेधाज्ञा हटाएपछि पोखरा–जोमसोम हवाई सेवा, लामो तथा छोटो दूरीका यातायात, पर्यटन क्षेत्र, होटल तथा रेष्टुराँ, मेला–महोत्सव, शैक्षिक संस्था र सेवा प्रदायक सङ्घसंस्थाको गतिविधि निर्वाधरूपमा सञ्चालन हुनेछन् । आन्तरिक पर्यटकले अनिवार्य खोप कार्डका साथै ४८ घण्टे एन्टिजेन रिपोर्ट साथमा लिएर आउनु पर्नेछ । जोमसोम विमानस्थल कक्ष, म्याग्दी र मुस्ताङको सीमा नाका घाँसा प्रहरीचौकीमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाका नागरिकले मुस्ताङ आउजाउ गर्नुपर्दा सम्बन्धित स्थानीय तहको सिफारिस लिनुपर्ने यसअघिको निर्णयलाई परिमार्जन गर्दै नागरिकता अथवा परिचयपत्र देखाए हुने भएको छ । निषेधाज्ञाले मुस्ताङका होटल व्यवसायी सङ्कटमा परेका छन् ।

निषेधाज्ञा खुकुलो पारिएसँगै अर्थतन्त्र चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । कोरोनाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवा–७ सहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन् ।

पाँच सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मुस्ताङमा ५०८ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमितमध्ये २७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस