चीनसँग कुनै सीमा विवाद नरहेको भन्दै ओलीले सोधे समिति बनाउनु औचित्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनसँग कुनै सीमा विवाद नरहेको भन्दै ओलीले सोधे समिति बनाउनु औचित्य


१९ भाद्र २०७८, शनिबार


काठमाडौँ । चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन समिति बनाउनु औचित्य सोधेका छन् । 

काठमाडौँमा शनिवार आयोजित कार्यकर्ता भेलामा ओलीले भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्‍यो ? कसलाई खुसी पार्न ?’

चीनसँग सीमा विवाद छैन भन्दै ओलीले थपे, ‘यो समितिले सीमा विवाद देखाओस् चुनौती दिन चाहन्छु ।’ वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको ओलीको आरोप थियो । सरकारले चीनसँग सीमा विवाद रहेको भन्दै समिति गठन गर्ने निर्णय गरेपछि ओलीको यो प्रतिक्रिया आएको हो ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दलले पनि विरोध गरेको हो ।

सम्बन्धित समाचार : चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

Tags :
प्रतिक्रिया दिनुहोस