सचिव श्रेष्ठ कर्णाली प्रदेशमा पदस्थापन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सचिव श्रेष्ठ कर्णाली प्रदेशमा पदस्थापन


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नवनियुक्त सचिव राजकुमार श्रेष्ठलाई कर्णाली प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका श्रेष्ठलाई रिक्त कर्णाली प्रदेशमा पदस्थापन गरेको हो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

केही दिन अघि कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा सरुवा गरेसँगै कर्णालीमा रिक्त थियो ।

सम्बन्धित समाचार : तीन सचिवको सरुवा तथा पदस्थापन, राजश्वमा पुस्कर

Tags :
प्रतिक्रिया दिनुहोस