२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गौला फेर्न सात लाख सहयोग

अ+ अ-

बागलुङ । मिर्गौलापीडित ताराखोला गाउँपालिका–२ अर्गलका भीमबहादुर घर्ती मगरको उपचारमा लोक सम्पदा अध्ययन अनुसन्धान अभियानले आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौैलाले काम गर्न छोडेपछि प्रत्यारोपणको तयारीमा रहनुभएका मगरलाई अभियानमार्फत सात लाख १२ हजार तीन सय दुई उपलब्ध गराइएको हो ।

उक्त सहयोग रकम मङ्गलबार बिरामीका परिवारजनलाई हस्तान्तरण गरिएको अभियानका अध्यक्ष याम घर्ती मगरले जानकारी दिए । मिर्गौला प्रत्यारोपणका लागि भीमबहादुरको परिवारमा अर्थाभाव भएपछि सहयोग अभियान चलाइएको उनको भनाइ छ । अभियानको संयोजनमा जापानमा रहनुभएका झकु मगर, गङ्गा घर्ती मगर, मेलिसियमा रहेका प्रकाश मगर, बहराइनबाट जीवन रोका मगर, थम्मन नाइसा मगर, मिलन मगरलगायतको पहलमा आर्थिक सहयोग जुटाइएको थियो । सहयोग रकम बुझेपछि भीमबहादुरका आफन्तजनले अभियानप्रति आभार प्रकट गरेका थिए । अर्थाभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर देशविदेशबाट सहयोग जुटाइएको अभियानले जनाएको छ ।

यसअघि ताराखोला–४ का ५५ वर्षीय ओमबहादुर घर्ती मगरको मिर्गौला प्रत्यारोपणका लागि पनि अभियानले दुई लाख दुई हजार तीन सय ६० सहयोग गरेको थियो । दाइ ६२ वर्षीय डमप्रसादले मिर्गौला दान गरेपछि गत महिना शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र, भक्तपुरमा ओमबहादुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यस्तै वडा नंं ३ हिलकी मतिकला छन्त्यालको उपचारका लागि गत फागुनमा तीन लाख ६२ हजार ६ सय ५० सहयोग गरिएको अध्यक्ष मगरले बताए । रूखबाट लडेर मेरुदण्ड भाँचिएपछि छन्त्याल अहिले पनि उपचाररत छन् । ‘अहिलेसम्म तीन जना बिरामीको उपचारका लागि आर्थिक अभियान चलायौँ,’ अध्यक्ष घर्ती मगरले भने, ‘लोक, संंस्कृतिको खोज र प्रवद्र्धनसँगै मानवीय सेवाका क्षेत्रमा पनि अभियान समर्पित छ ।’

भीमबहादुरको उपचारका लागि अर्गल खेलकुद विकास मञ्चले पनि आर्थिक अभियान थालेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस