२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले विकासको काम गर्न सकेनन् : उपाध्यक्ष पौडेल

अ+ अ-

चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिलेसम्मका कुनै पनि सरकारले विकासको काम गर्न नसकेको बताएका छन्।

रत्ननगर उद्योग वाणिज्य सङ्घ र रोटरी क्लब अफ रत्ननगरले संयुक्त रूपमा आइतबार आयोजना गरेको ‘चितवनको विकासको सम्भावना’ विषयक अन्तरक्रियामा उनले सरकारले राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकता दिएर काम गर्न नसकेको बताए ।

‘हामीले बजेट बाँड्न सक्छौँ,’ उनले भने, ‘विकास गर्न सक्दैनौँ ।’ कुनै पनि सरकारले विमानस्थल, खानेपानी आयोजना तथा सडक निर्माणको कामलाई महत्त्व दिएर काम गर्न नसकेको बताए । ‘विदेश भ्रमणका लागि तत्कालै बजेट उपलब्ध हुन्छ’, उनले भने, ‘राष्ट्रिय आवश्यकताको आयोजनाको काम गर्न कसैले तत्परता देखाइँदैन ।’

उपाध्यक्ष पौडेलले सरकारले काम गर्न नसक्ने गरी बजेट ल्याउने भएका कारण विकासमा असफल हुने गरेको जानकारी दिए । ‘सरकारले विनियोजन गरेको बजेट खर्च गर्नै सक्दैन भने अनि कहाँबाट आवश्यकताअनुसारको विकास हुन्छ’, उनले भने । विकासको गतिलाई अगाडि बढाउन विकास खर्च बढाउनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले उपाध्यक्ष पौडेलसमक्ष चितवनको विकासका लागि आवश्यक योजनाहरु प्रस्तुत गरेका थिए। उनले मझिमटार शक्तिखोर टनेल मार्ग, लोथर टिकौली चारलेन सडक, लोथर, राप्ती, पम्पा, लदरी र कयर खोला तटबन्ध, कालिकाको एक हजार सात सय ४१ बिघामा औद्योगिक मार्ग खैरहनी–४ कुनाघारी भुत्याहामा रामपुर कृषि क्याम्पसको स्थापना, लोथरदेखि पटिहानीसम्म निकुञ्ज क्षेत्रमा मेस फेनसिङ बाल, नारायणी नदीमा वैकल्पिक पुल, शहीद स्मृति कलेजको पूर्वाधार निर्माण लगायतका योजना प्रस्तुत गरे ।

सङ्घका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, जिल्ला आयुर्वेद अस्पतालका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, खैरहनी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ज्ञानबहादुर बिसुराल, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष तथा सङ्घका महासचिव निराजन खनाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस