बीपी प्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले दिए राजीनामा « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

बीपी प्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले दिए राजीनामा


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।

सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने अभिप्रायले पदबाट राजीनामा दिएको डा. रेग्मीको भनाइ छ ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमश खस्कँदै गएको भन्‍दै प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही गर्नु पर्ने सिफारिस गरेको थियो ।

त्‍यसपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले बीपी प्रतिष्ठानमा साउन २८ गते छापा मारेको थियो ।

प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको उजुरीको आधारमा अख्तियारले प्रतिष्ठानको कार्यालयमा पुगेर कागजात नियन्त्रणमा लिएका थियो ।

सम्बन्धित समाचार : बीपी प्रतिष्ठानमा अख्तियारको छापा

Tags :
प्रतिक्रिया दिनुहोस