बीपी प्रतिष्ठानमा अख्तियारको छापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बीपी प्रतिष्ठानमा अख्तियारको छापा


२८ श्रावण २०७८, बिहिबार


धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ ।

प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको उजुरीको आधारमा बिहीबार (आज)अख्तियारको टोली प्रतिष्ठानको कार्यालयमा पुगेको हो ।

अख्तियारको केन्द्रबाटै गएको एसएसपी टेकबहादुर तामाङ नेतृत्वको ५ जनाको टोली प्रतिष्ठानको कार्यालयमा पुगेर त्यहाँका केही कागजात नियन्त्रणमा लिएका छन् । उक्त टोलीले थप अनुसन्धानका लागि अख्तियारको इटहरीस्थित कार्यालयले समन्वय गरिरहेको एसएसपी तामाङले बताए ।

‘बीपी प्रतिष्ठानको खरिद र निर्माण उजुरी परेको सम्बन्धमा छानबिनका लागि हामी आएका हौँ छानबिन सुरु गरेका छौँ । केही दिन सम्म लाग्छ । केही कागजहरु लिएर गएका छौँ,’ एसएसपी तामाङले भने ।

प्रतिष्ठानमा खरिद अक्सिजन प्लान्ट, एमआरआई, सिटिस्क्यान, एमसीएच भवन, फार्मेसी भवन निर्माणमा करोडौंको चलखेल भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगाल र अख्तियारको इटहरीस्थित कार्यालयमा उजुरी परेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस