सनाखतका लागि निर्वाचन आयोग पुगे नेपाल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सनाखतका लागि निर्वाचन आयोग पुगे नेपाल


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निवेदन दिएका नेकपा एमालेका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।

माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिन्छ ।

नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन दिएका नेताहरुले केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याउन खोजेका छन् ।

दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित समाचार : चन्द्रागिरिबाट माधव नेपालसहितका नेताहरु सिधै निर्वाचन आयोग जाने

Tags :
प्रतिक्रिया दिनुहोस