चन्द्रागिरिबाट माधव नेपालसहितका नेताहरु सिधै निर्वाचन आयोग जाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चन्द्रागिरिबाट माधव नेपालसहितका नेताहरु सिधै निर्वाचन आयोग जाने


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू सिधै निर्वाचन आयोग जाने भएका छन्।

निर्वाचन आयोगले सनाखतका लागि बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ।

सरकारले अध्यादेश ल्याएपछि नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका थिए। आयोगले आज भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न लागेको छ।

सनाखत गरेपछि आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस